पाँचथरमा प्रदेशसभाका दुवै क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी

काठमाडौं । पाँचथरमा प्रदेशसभा सदस्यतर्फका दुवै क्षेत्रमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

प्रदेशसभा तर्फ नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जबेगु विजयी भएका छन्। जबेगुले १६ हजार ८ सय ३७ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी नेकपा एमालेका राजकुमार भण्डारीले १६ हजार २ सय ४ मत प्राप्त गरेका छन् ।

त्यसैगरी लोकतान्त्रिक राष्ट्रिय मञ्चका सागर केरुङले १ हजार ६ सय ३४, राष्ट्रिय प्रजातन्त्र पार्टीका ओमनाथ बजगाईँले १ हजार ३ सय २३, जनता समाजवादी पार्टीका मचिन्द्रप्रसाद बेघाले नौ सय ४१, स्वतन्त्र उम्मेदवार सञ्चकुमार केरुङले ६ सय ३, मङ्गोल नेशनल अर्गनाइजेशनका मनकुमार गुरुङले ६ सय ३९, राप्रपा नेपालका नेत्रकुमार बस्नेतले २ सय ४४, राष्ट्रिय जनमुक्ति पार्टीका दुर्गाप्रसाद साँवाले १ सय ४१ र स्वतन्त्र उम्मेदवार इन्दिरा धौरालीले ३१ मत प्राप्त गरेका छन्। यस क्षेत्रमा ३९ हजार ९ सय ३३ मत खसेकामा १ हजार ३ सय ३६ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ ।

प्रदेशसभा २ मा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार इन्द्रबहादुर आङ्बो विजयी भएका छन्। आङ्बोले १५ हजार ६ सय ७२ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी एमालेका अइन्द्रसुन्दर नेम्बाङले १२ हजार ६ सय ५ मत प्राप्त गरेका छन्।

यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता सगुनसुन्दर लावतीले १ हजार ७ सय ६६, जनता समाजवादी पार्टीका एबीराज आङ्देम्बेले १ हजार १ सय ७४, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दीपेन्द्र चेम्जोङले १ हजार १ सय २५, राष्ट्रिय जनमुक्ति पार्टीका सूर्यहाङ तुम्बापोले ३ सय ७३,मङ्गोल नेशनल अर्गनाइजेशनका बलबहादुर बुर्जामगरले २ सय ६४ र राप्रपा नेपालका चन्द्रमाया बोहोराले १ सय ४८ मत प्राप्त गरेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयलेयस क्षेत्रमा ३४ हजार चार सय ६५ मत खसेकामा एक हजार तीन सय ३८ मत बदर भएको बताएका छन् ।