पश्चिम नवलपरासीमा राप्रपाका प्रधान विजयी

काठमाडौं । पश्चिम नवलपरासीमा राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवबहादुर प्रधानले ३४ हजार ७ सय ५९ मतप्राप्त गरी प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्।

त्यसैगरी उनका निकटतम् प्रतद्विन्द्वी नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्रराज कँडेलले १९ हजार ५ सय ९४ मत ल्याएका छन्। गतआइबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेकपा एमालेका दीपेन्द्रकुमार अधिकारीले १४ हजार ४ सय ९८ मत ल्याएको निर्वाचन कार्यालयले जानकारी दिएको छ।