भीरबाट लडेर आमा-छोराको निधन

काठमाडौं । धादिङमा भीरबाट लडेर आमा-छोराको निधन भएको छ।

बेनिघाट रोराङ गाउँपालिका-२ जौलाखाइस्थित कात्तिके चुली जंगलमा घाँस काट्न जानेक्रममा भीरबाट लडेर आमा-छोराको  निधन भएको हो।

सोमबार अपराह्न साढे ५ बजे सोही ठाउँकी १९ वर्षीया अप्सरा चेपाङ आफ्ना २ वर्षीय छोरा साजनसँग जंगलमा घाँस काट्न गएकी थिइन्।

त्यही बेला चिप्लिएर बालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तु जैसवालले जानकारी दिए।

उनका अनुसार अप्सरा भने गम्भीर घाइते  भएको र उपचारको लागि मलेखुको टिचिङ अस्पताल ल्याइएको थियो।

उनको पनि राति ९ बजेतिर अपतालमा मृत्यु भएको डिएसपी जैसवालले बताए।