आजदेखि पुरुषोत्तम महिना शुरु, के गर्न हुन्छ, के गर्न हुँदैन ?

काठमाडौं । मलमास अर्थात् अधिकमास आज साउन २ गतेदेखि ३१ गतेसम्म रहने बताइएको छ ।

खासमा मलमास वा अधिकमासलाई पुरुषोत्तममास पनि भनेर भनिन्छ । यसो किन भनिएको हो भन्ने बारे पुराणहरूमा एउटा किंवदन्ती पाइन्छ । जसअनुसार, हरेक महिनालाई सबै भगवानले आ–आफ्नो अनुकूल मिलाएर स्वीकार्न थालेका भए पनि अन्तिममा अशुद्ध भनेर छाडिएको मलमासलाई कुनै पनि भगवानले स्वीकार्न नचाहेको बताइन्छ ।

यसै पनि अशुद्ध भनेर छाडिएको यो महिनाले भगवानहरूसँग विलौना गरेपछि पुरुषोत्तम अर्थात् भगवान विष्णुले सो महिनाको नाम नै आफ्नो नामबाट राखेर स्वीकार गरेको मान्यता पाइन्छ । यसैकारण मलमासमा भगवान् नारायण (विष्णु) को पूजा गरिने र महात्म्य वा कथा सुन्ने तथा दान गर्ने परम्परा रहेको छ । यसो गर्नाले सम्पूर्ण पापहरू नष्ट हुन्छन भनेर कथामा बताईएको छ ।

तर अधिक मासमा कुनै पनि शुभ कर्महरू वा साईतहरू भने हुदैनन् । यस महिनाभर कुनै पनि विवाह, व्रतबन्धजस्ता शुभकार्य गरिँदैन । दैनिक रूपमा गर्दै ल्याईएका कर्महरू जस्तो नित्य पाठपूजा गर्नलाई चाहि कुनै छेकथुन नहुने संस्कृतिविदहरू बताउँछन् ।

वैदिक परम्परा अनुसार नेपालको इतिहासमा छैटौँ शताब्दिदेखि सोह्रौ शताब्दीसम्मका अभिलेखहरूमा आषाढमा र पौषमा मात्र अधिकमास पाइन्छ । पछि आएर भने अनादि वैदिक परम्परालाई छोडी तेह्रौँ शताब्दीको सिद्धान्तशिरोमणीको ज्योतिषफलबाट अन्य महिनाहरूमा पनि अधिकमास परेको उल्लेख गरेको पाईन्छ ।

के हो अधिकमास ?

सामान्यतया ३६५ दिनको वा १२ महिनाको एक वर्ष मानिन्छ । सूयको गतिअनुसार गणना गरिने मासलाई ९महिना० सौरमास भनिन्छ भने, चन्द्रमासको गतिको आधारमा गणना गरिने मासलाई चन्द्रमास भनिन्छ । सामान्यतया सैरमासमा संक्रान्तिदेखि मसान्तसम्ममा २९ दिनदेखि ३२ दिनसम्मको एक पहिना हुन्छ । चन्द्रमासमा भने एक पूर्णिमादेखि अर्को पूर्णिमासम्म २९ दिन १२ घण्टा ४४ मिनेट र २४ सेकेन्डको एक चन्द्रमास हुन्छ ।

त्यस्तै सौरमासको गणनाअनुसार एक वर्षमा जम्मा ३६५ दिन हुछन् भने, चन्द्रमास अनुसार दिन गणना ३५४ दिन मात्र हुन्छ । सौरमासभन्दा चन्द्रमासको दिन गणनाअनुसार ११ दिन बढी वर्षमा हुने गर्दछ । यसरी गणना गर्दा ३२ महिना, १६ दिन, १ घण्टा र ३६ मिनेट पुगेपछि एक अधिकमासबाट अर्को अधिकमास पर्दछ वा आउँछ । यस क्रमले हरेक वर्षमा ११ दिनको फरकलाई जोड्दै जाँदा ३ वर्षमा एक महिना सौरमासभन्दा चन्द्रमास बढी हुन पुग्छ ।

ज्योतिषशास्त्रका अनुसार अधिकमास भन्नाले जुन चन्द्रमासभित्र सूर्य संक्रान्ति पर्दैन त्यसलाई भनिन्छ । त्यस्तै जुन चन्द्रमासभित्र २ वटा सूर्य संक्रान्ति पर्दछ, त्यसलाई क्षयमास भनिन्छ । अधिकमास हरेक ३२ महिना १६ दिन १ घण्टा, ३६ मिनेटपछि आउँछ भने क्षयमास घटीमा १९ वर्ष र बढिमा ४१ वर्षमा एक पटक आउने गर्दछ ।

मलमास वा अधिकमास त्यस्तो कुनै डरलाग्दो अशुभ समय भने चाहि होईन । वर्ष दिनलाई ठीकसँग मिलाउनकोलागि मलमास र क्षयमास आउने गर्दछ । पाश्चात्य परम्परामा ‘लिप इयर’को सहायताबाट वर्षलाई कायम गर्ने गरिन्छ । लिप इयर हरेक तीन वर्षमा ठीक समयमा आउने गर्दछ भने अधिक मास चान्द्रमासको गतिमा निर्धारण हुने गर्दछ ।

हाम्रो समाजमा कसैको जन्म मृत्यु अधिकमासमा भयो भने यसलाई राम्रो नमान्ने चलन छ । कसैको मृत्यु र जन्म हुनु स्वाभाविक हो तर अधिक मासमा मृत्यु वा जन्मलाई वार्षिक रुममा मनाउन समय केलाउनु पर्ने हुन्छ । यसै हुनाले पनि नराम्रो हो भन्ने मान्यता रहेको हो ।

के गर्न हुन्छ ?

अधिकमासमा कार्य वार्षिकी कार्य, दैनिक नित्य कर्म, सधैँ गरेर ल्याइएका कर्महरू, जस्तोः दैनिक विहान बेलुकाको पूजापुरुषोत्तम पूजा कथा श्रवण, भगवान् विष्णुको स्तुति र कीर्तन, न्वारन, पास्नी, दैनिक उपभोग्य सामग्री खरिद कार्यहरु हुन्छ ।

के गर्न हुँदैन ?

त्यस्तै श्राद्ध तथा पितृकर्म,विवाह व्रतवन्ध, चूडाकर्म,सप्ताह, नवाह, महारुद्रि, शतचण्डी,,शुभ मूर्हुतका कुनै पनि कर्म गर्नु हुँदैन, जस्तोः गृह प्रवेश, नयाँ कार्यको थालनी , यात्रा, कार्यको शुभारम्भ गर्न नहुने,विवाह गर्न नहुने, गरेमा गृह सुख हुँदैन भनिन्छ, गर्भाधान गरेमा बच्चा रोगी जन्मने हुन सक्छ, नव विवाहित दाम्पत्तीहरू सकेसम्म मलमासमा सँगै बस्न नहुने मान्यता छ ।