रुसले गरेको मिसाइल आक्रमणमा परि युक्रेनमा तीन जनाको मृत्यु

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध रोकिने कुनै संकेत देखिइरहेको छैन । डेढ वर्ष पूरा हुन लागेको छ, तर युद्ध रोकिनुको सट्टा झन् चर्को बन्दै गएको छ । मस्कोमा हालै भएको ड्रोन आक्रमणपछि रुस थप आक्रामक बनेको छ ।

रुसले पछिल्लो समय युक्रेनमा तीव्र आक्रमण गरेको छ । यसै क्रममा रुसले फेरि युक्रेनमा मिसाइल हमला गरेको छ ।

रुसले गरेको मिसाइल आक्रमणमा तीन जनाको मृत्यु भएको छ । जबकि अन्य ७ जना घाइते भएका छन् । युक्रेनी अधिकारीहरूले यो जानकारी दिएका हुन्।

मिडिया रिपोर्टका आक्रमण भएको ठाउँ युरोपको सबैभन्दा ठूलो आणविक उर्जा केन्द्र नजिकै रहेको छ । प्लान्ट वरिपरि गोलाबारीका कारण यहाँ आणविक दुर्घटना हुने डर छ । क्षेत्रीय गभर्नर युरी मलाश्कोले टेलिग्रामलाई दिएको जानकारी अनुसार आक्रमणमा एक आवासीय क्षेत्र क्षतिग्रस्त भएको छ।