आज सर्वोच्चमा कुनै पनि पेसीको सुनुवाइ नहुने

काठमाडौं । सर्वोच्च अदालतमा आज तोकिएका सबै मुद्दाको पेसीउपर सुनुवाइ नहुने भएको छ । पूर्वन्यायाधीश उदयराज उपाध्यायको निधनको शोकमा मंगलबार तोकिएका मुद्दाको सुनुवाइ नगर्ने निर्णय गरिएको सर्वोच्च प्रशासनले जनाएको छ ।