नेपालको ५० रन पूरा, भारतविरुद्ध दमदार सुरुवात

नेपालले एसिया कप क्रिकेट प्रतियोगिताको भारतविरुद्धको खेलमा बलियो सुरुवात गरेको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको नेपालका लागि कुशल भुर्तेल र आसिफ शेखले बलियो सुरुवात दिलाएका हुन् । नेपालले यो समाचार तयार पार्दासम्म ५० रन पूरा गरेको छ । विना क्षति नेपालले ९ औँ आनेभरमा ५० रन पूरा गरेको हो । भुर्तेल २९ र शेख २२ रन बनाएर खेलिरहेका छन् ।