कुन्दन काफ्लेले दिए बाग्मती कांग्रेसको सचेतकबाट राजीनामा

काठमाडौं । नेपाली कांग्रेस बाग्मती प्रदेश संसदीय दलको सचेतकबाट कुन्दनराज काफ्लेले राजीनामा दिएका छन् । काफ्लेले आज बिहान संसदीय दलका नेता बहादुर सिं लामासमक्ष राजीनामा बुझाएका हुन् । राजीनामा दिएको बारे काफ्ले आफैले सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् ।

प्रमुख सचेतकको भुमिका निर्वाह गर्दा, पार्टी संगठन र दोलखेली जनसेवामा समय दिन नसकेको कारण उनले उल्लेख गरेका छन् । उनले लेखेका छन्,“केन्द्रीय सदस्यको रुपमा कांग्रेसमा नवीन उर्जा भर्न थप क्रियाशिल रहन र दोलखेली जनताको सेवामा थप समर्पित हुन सो पदबाट राजीनामा दियको छु ।”