लागुऔषधसहित कैलालीका दुई युवक पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा लागुऔषधसहित कैलालीका दुई युवक पक्राउ परेका छन् । जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर १० सडकघाटबाट लागुऔषधसहित कैलालीस्थित धनगढीका दुइ युवा पक्राउ परेका हुन् ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १३ का २३ वर्षीय सन्तोष राना र २२ वर्षीय शिवा राना २ ग्राम २१० मिलिग्राम लागुऔषधसहित पक्राउ परेका हुन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका अनुसार इलाका प्रहरी कार्यालय, बेलडाँडी कञ्चनपुरको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट एक थान मोटरसाइकलसमेत बरामद गरिएको छ ।