हामी पार्टीमै रहेर अत्यचारकाे खिलाफ लड्छाैंः नेपाल समूह

काठमाडाैं । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टीिभत्रै  रहेर संघर्ष गर्ने निर्णय गरेको छ। उपलब्ध केन्द्रीय सदस्य र सांसदहरुको शुक्रबार कलंकीस्थित मेघा पार्टी प्यालेसमा बसेको बैठकले त्यस्तो निर्णय गरेको हो।

नेकपा हुँदाखेरि नै तत्कालीन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सहकार्य गर्दै अगाडि बढिरहेकै बखतमा प्रतिनिधिसभा विघटन, त्यसको पुनःस्थापना र नेकपा नाम विवादमा सर्वोच्चले लिएको निर्णयसम्म आइपुग्दा एमाले र माओवादी केन्द्र पहिलाकै स्थितिमा पुगेका थिए। त्यसपछि पार्टीमै रहेर एकताका निम्ति पहल गर्ने निष्कर्ष नेपाल समूहले निकालेको थियो।

तर प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले आफ्नो र महासचिव पद कायम रहने गरी केन्द्रीय किमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रूपान्तरण गरेर अन्य विभिन्न जिम्मेवारी तोक्ने क्रममा नेपाल समूहका नेताहरूलाई जिम्मेवारीविहीन बनाएका थिए।