माओवादी केन्द्र पार्टीलाई केन्द्रसँगै गाउँ तहबाट शुद्धीकरण गरी बलियो कम्युनिष्ट पार्टी बनाउँछाैंः प्रभाकर

काठमाडाैं । नेकपा(माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य एवं पूर्व गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले पार्टीलाई केन्द्रसँगै गाउँ तहबाट शुद्धीकरण गरी बलियो कम्युनिष्ट पार्टी बनाउने बताएका छन् । माओवादी केन्द्र मकवानपुरका नेता–कार्यकर्तासँग शुक्रबार हेटौँडास्थित पार्टी कार्यालयमा भेटघाट गर्दै उनले राष्ट्र, राष्ट्रियता, स्वाधिनता र आत्मनिर्णयको अधिकारको पक्षमा सशक्त रुपमा अघि बढ्नुको विकल्प नभएकोमा जोड दिए ।

‘नेपालमा कम्युनिष्ट आन्दोलन अहिले गम्भीर अवस्थामा पुगेको छ,’ उनले भने, ‘राष्ट्र र स्वाधीनतामाथि हमला भएकाले राष्ट्रवादी कम्युनिष्टहरू गाउँगाउँबाट उठ्नुपर्ने बेला आएको छ ।’ पूर्ण–समानुपातिक निर्वाचन प्रणाली, प्रत्यक्ष कार्यकारी राष्ट्र प्रमुख र पहिचानसहितको नेपाल निर्माण अहिलेको प्रमुख माग रहेको भन्दै उनले त्यसका लागि माओवादी केन्द्रले नेतृत्वदायी र जुझारु रुपले भूमिका खेल्नुपर्ने बताए । पत्रपित्रका