ओलीले मान्छेका लासहरुमाथि शासन गरेका छन् : खनाल

काठमाडाैं । पर्व प्रधानमन्त्री झलनाथ खनालले  ओलीको कारबाहीले कसैको पनि राैं नहल्लने प्रतिक्रया दिएका छन् । उनले पार्टीले कारबाही गरेको सन्देश पाएपछि यस्तो प्रतिक्रिया दिएका हुन् । उनले भने  ‘आफ्ना सहयोद्धा साथीहरूलाई यसरी कारबाही गरेका छन्। यो ओलीको हिटलर, निरंकुश, निर्मम र क्रुरतापूर्ण काम हो।म एक महिनादेखि बिरामी भएर बसेको मान्छेको रौं समेत हल्लिएको छैन’, उनले भने, ‘ओलीले मान्छेका लासहरुमाथि शासन गरेका छन्। यस्तो अपराधीलाई चाडो भन्दा चाडो यो समाजबाट बिदाइ गर्नुपर्छ।’