काठमाडाैं । नेपालकी पौडीवाज गौरिका सिंह चिरपरिचित नाम हो । उनी सामाजिक सञ्जालमा पनि निकै सक्रिय रहन्छिन् । गौरिका पौडीबाट नै आफ्नो देशको नाम राख्न चाहने नेपाली छोरी हुन् । उनी पौडीका अतिरिक्त समाजसेवा पनि गर्छिन् । उनले नेपालका विकट जिल्लाहरुमा गरिब बच्चाहरुले पढ्न पाउन् भनेर एउटा फाउन्डेसन नै बनाएकी छन् । यिनको मुस्कान निकै मीठो र मनमोहक छ । यिनी सानै उमेरमा नाम कमाउन सक्षम थोरै महिलाहरूमा पर्छिन् ।स्मरणीय के छ भने यिनको माता गरिमासिंह राणा एसएलसी बोर्ड टपर हुन् र उनी पेशाले वकिल हुन् ।
जसबाट उनी नेपालका विपन्न गरिब बच्चाहरुलाई पुस्तक, कापी कलम, विद्यालयको पोशाक आदि सहयोग गरिरहेकी हुुन्छिन् । कोरोनाको समय पनि उनी विभिन्न सामाजिक कामहरुमा सक्रिय छिन् । उनी आफ्नो आमाबुवा र भाइको साथ लण्डनमा बस्छिन् । उनलाई विदेशमा रहेर पनि नेपालको नाम उँचो बनाउन पाउँदा खुशी लाग्छ । यी जलपरीका केही तस्वीरहरु इकालोपाटी संवालदाताले यिनको सामाजिक सञ्जालबाट लिएका छन् हेरौं तस्वीरहरु…
Add Comment