कल्याण गुरुङ कांग्रेस सभापतिमा उम्मेदवारी दिने तयारीमा


काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले १४औं महाधिवेशनमा पार्टीको सभापति पदमा उम्मेदवारी दिने तयारी गरेका छन्। 

त्यसबारे जानकारी दिन उनले भोलि बुधबार पत्रकार सम्मेलन गर्ने भएका छन्। 

काठमाडौंको अनामनगरस्थित युनियन हाउसमा बुधबार दिउँसो २:३० बजे गरिने पत्रकार सम्मेलनमार्फत गुरुङले कांग्रेसको सभापति पदमा उम्मेदवारी दिने घोषणा गर्ने भएका हुन्।

उनले यसअघिदेखि नै आफू नयाँ पुस्ताबाट कांग्रेसको सभापतिमा दाबेदार रहेको बताइरहेका थिए।