कञ्चनपुरमा धामीझाँक्रीको भर पर्दा महिलाको मृत्यु

काठमाडौँ । कञ्चनपुरमा धामीझाँक्रीको भर पर्दा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको बेदकाटे नगरपालिका ६ मुसेपानीका ४२ वर्षीया रञ्चुला साउँद रहेको छ ।

जिल्ला प्रहरी श्यामसिंह चौधरीका अनुसार लामो समयदेखि बिरामी साउँदलाई झारफुक गर्न धर्मानन्द भट्ट र नारायणदत्त भट्ट घरमा आउने गरेका बताएका छन् । झारफुककै क्रममा साउँदको शुक्रबार राति मृत्यु भएको स्थानीयले जानकारी दिएका छन् । मृत्युको घटनाबारे शनिबार बिहान मात्रै प्रहरीलाई जानकारी प्राप्त भएको हो ।

स्थानीयवासीका अनुसार धामीझाँक्रीद्वयले झारफुकका नाममा साउँदलाई सरिया तताएर कुटपिट गरेको बताएका छन् । प्रहरी उपरीक्षक चौधरीले झारफुकमा सङ्कलन भट्टद्वयलाई नियन्त्रणमा लिएको भन्दै महिलाको शवपरीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा पु¥याइएको बताएका छन् । घटनाबारे विस्तृत अनुसन्धान भईरहेको बताउदै दोषी जो कोही भए पनि कारबाहीको दायरामा ल्याइने कठोर निर्णय गरेका छन् ।

बेदकोट नगरपालिकाका प्रमुख अशोककुमार चन्दले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग गरेका छन् । धामीझाँक्री हल्दुखाल र बाराकुण्डाका हुन् भन्ने आएको छ । उनले भने बिरामीले थला परेकी साउँद तीन दिनदेखि गम्भीर हुँदा पनि धामीझाँक्री झारफुकमै लागेको भन्ने सुनिएको बताए ।