कैलालीमा सुरक्षा समितिद्वारा विभिन्न मतदानस्थलको अनुगमन

काठमाडौँ । वैशाख ३० देखि हुने स्थानीय निर्वाचनाको कैलाली जिल्लाका विभिन्न मतदानस्थलको अनुगमन गरेको छ । जिल्ला सुरक्षा समितिले स्थानीय तहको निर्वाचनका लागि जिल्लाका विभिन्न ठाउँमा रहेका मतदानस्थलको अनुगमन गरेको हो ।

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको सुरक्षा समितिले जिल्लाका विभिन्न स्थानीय तहमा निर्धारण गरिएका मतदानस्थल तथा केन्द्रको अनुगमन गरिएको जानकारी गराएको छ । जिल्ला सुरक्षा समितिका संयोजक प्रमुख प्रजिअ किरण थापाले कैलालीको हाइवे क्षेत्र, मोहन्याल, चुरेलगायतका निर्वाचन क्षेत्रको अनुगमन निरीक्षण गरिसकिएको जानकारी दिएका छन् ।

मतदानस्थलमा सुरक्षा संवेदनशीलता, निर्वाचनको समयमा अपनाउनुपर्ने सुरक्षा नीति, मतदाता, उम्मेदवार र मतपेटिकाको सुरक्षाका सम्बन्धमा स्थलगत अध्ययन भइरहको प्रमुख किरण थापाको भनाइ रहेको छ ।

जिल्ला सुरक्षा समितिले मतदानस्थल पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिइएको क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका प्रमुख निर्वाचन अधिकारी प्रेमराज भट्टले बताएका छन् । एउटा मतदानस्थलमा दुईवटा मतदान केन्द्र राखिएको अधिकारी भट्टले जानकारी दिएका छन् ।

स्थानीय चुनावमा सुरक्षा समितिले अनुमगन गरिएको क्षेत्रमध्ये चुरे क्षेत्रको मतगणनाका लागि गाउँपालिकाको कार्यालयलाई तोकिएको छ । सुरक्षा अवस्था र फराकिलो ठाउँ भएकाले गाउँपालिकाको कार्यालय भवनमा मतगणना गरिने व्यवस्था मिलाइएको निर्वाचन अधिकारी भट्टले जानमकारी गराएका छन् ।

प्रमुख जिल्ला अधिकारी थापाका अनुसार जिल्लामा ५ लाख २५ हजार १२५ मतदाता सङ्ख्या रहेको कैलालीमा २३६ मतदानस्थल र ६१९ मतदान केन्द्र निर्धारण गरिएको बताएका छन् । जसमा मध्य अतिसंवेदनशीलमा ५२, संवेदनशील ५३ र १३१ सामान्य मतदानस्थलमा वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी गराएका छन् ।