घर नजिकैको खोलामा बालकको शव फेला

काठमाडौँ । पाल्पामा एक बालकको शव खोलामा डुबेको अवस्थामा फेला परेको छ । पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका ८, घिमिरे डाँडाका ८ वर्षका शशी घिमिरेको शव घर नजिकैको खोलामा भेटिएको छ ।

चैत ३० गतेदेखि हराएका घिमिरेको शव खोजतलास गर्ने क्रममा शनिबार दिउँसो घर नजिकैको खोल्साको पानीमा मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

घरदेखि १५ सय मिटरमा रहेको खोल्साको पानीमा डुबेको अवस्थामा बालकलाई फेला पारेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिएका छन् । बालाक खोलामा डुबेर मृत्यु भएको विषयमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले बताएको छ ।