बैतडीमा मतदान गरेर फर्किएका वृद्धको मृत्यु

काठमाडौँ । बैतडीमा आज भएको स्थानीय तह निर्वानमा मतदान गर्न गएका एक वृद्धको मृत्युु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका ३ कफल्डाका ८४ वर्षीय हरिसिंह भाट रहेका छन् । हरिसिंह भाटको मतदान गरेर फर्किदा मृत्यु भएको प्रहरी निरीक्षक दीपक विष्टले जानकारी दिएका छन् ।

भाटको आज बिहान सनातन धर्म मावि खोचलेकमा मतदान गरेपछि फर्कने क्रममा मतदानस्थल बाहिर पुग्ने बेला मुर्छा परेका र बाटोमै मृत्युु भएको प्रहरीले जनाकारी दिएको छ ।