पहिलो मतदान १०६ वर्षीया वृद्धाबाट

काठमाडौँ । सिन्धुलीमा आज भएको स्थानीय तहको निर्वाचनमा १०६ वर्षीया वृद्धाबाट मतदान भएको छ । सिन्धुली जिल्लाको कमलामाई नगरपालिका वडा नम्बर १० स्थित सिर्जन प्राथमिक विद्यालय केन्द्रबाट पहिलो मतदान १०६ वर्षकी कुमारी सुनुवार्नीले गरेकी छन् ।

उनको जन्म १९७२ कार्तिक १७ गते भएको हो । उनलाई मतदान गर्न प्रमुख मतदान अधिकृत दुर्गाप्रसाद घिमिरेले सहजिकरण गरेका थिए । मतदान गर्न घरबाट हिँडेरै मतदान केन्द्रमा आएकी थिइन । सुनुवार्नी संभवतः सिन्धुली जिल्लाकै जेष्ठ मतदाता भएको जानकारी छ ।