तिला गाउँपालिकामा माओवादी केन्द्र का मोतिलाल रोकायाको अग्रता

काठमाडौँ । जुम्लाको तिला गाउँपालिकामा माओवादी केन्द्रका मोतिलाल रोकायाले अध्यक्ष पदमा अग्रता बढाएका छन् । नेकपा माओवादी केन्द्र का मोतिलाल रोकायाले ५२४ मत पाउँदा नेपाली कांग्रेसका एकराज उपाध्यायले २८४ मत प्राप्त गरेका छन् ।

एमालेका तर्फबाट प्रमुखका उम्मेदवार रेशमबहादुर शाहीले २५६ मत पाएका छन् भने नेपाल मजदूर किसान पार्टीका धनबहादुर रावतले दुई मत प्राप्त गरेका छन् । उपाध्यक्षमा पनि माओवादी केन्द्रकी गोरीकला बुढाले ५५२ मत पाउँदा कांग्रेसकी सुष्मा श्रेष्ठ रोकायाले २८१ र एमालेकी जुनमाया बोहोराले २३९ मत पाउका छन् ।

गाउँपालिका १ को वडाध्यक्षमा माओवादी केन्द्रका जंगबहादुर बस्नेत विजयी भएका छन् । उनले ३४६ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत मिनबहादुर रावलले जानकारी दिएका छन् । त्यस्तै २ नं वडामा नेपाली कांग्रेसका चन्द्रबहादुर बोहोरा वडा अध्यक्षमा विजयी भएको अधिकृत रावलले बताएका छन् ।