मुलुकको व्यापार घाटा डरलाग्दो अवस्थामा रहेको भट्टराईको आरोप

काठमाडौँ । नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले मुलुकको व्यापार घाटा डरलाग्दो अवस्थामा रहेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा आर्थिक वर्ष २०७९–८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतासम्बन्धमा कर प्रस्तावबाहेक माथि छलफल गदै सांसद भट्टराईले सो कुरा बताएका हु्न् ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भइसकेका भट्टराईले अर्थतन्त्रको सबलीकरण, राष्ट्रिय पूँजीको निर्माण कसरी हुन्छ ? भनेर प्रश्न समेत गरेका छन् । मुलुकको व्यापार घाटा डरलाग्दो अवस्थामा छ । उद्योगधन्दा बन्दको अवस्थामा छन् । देशभित्र रोजगारीको अवसर कमजोर बन्दै गएको छ । उनले भने, कृषिलाई व्यवसायीकरण, औद्योगीकरण गर्ने र किसानहरुलाई उत्साहित गर्ने कुरामा सरकारले ध्यान दिन सकेको छैन । यस्तो अवस्थामा राष्ट्रिय पुँजी कसरी निर्माण हुन सक्छ ?

भट्टराईले पहिले मुलुकको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन राष्ट्रिय पुँजीको विकास गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने बाटोबाट राष्ट्रिय अर्थतन्त्र सर्वल हुनसक्छ र राष्ट्रिय पूँजीको विकास हुन सके मात्र मुलुक आत्मनिर्भर अर्थतन्त्रतिर जाने बताए । उनले सरकारले दुई दिनको बिदा के का लागि दिनेभन्दै प्रश्न समेत गरेका छन् ।

सांसद् भट्टराईले भने पेट्रोलियम पदार्थको खपत घटाउन शीर्षकमा मात्रै हो भने त्यो प्रत्युत्पादक हुन्छ । हचुवाको भरमा त्यो कुरा ल्याइएको छ । उनले दुई दिनको बिदाले राष्ट्रिय उत्पादन शक्ति र राष्ट्रिय श्रम शक्ति बढाउन सक्छ , मुलुकको अर्थतन्त्रलाई कसरी टेवा दिन सक्छ ,, यसले देशको पर्यटन उद्योगलाई कसरी अगाडि लान सक्छ भनेर प्रश्न गरेका छन् ।