आजको राजनीतिलाई विकास र समृद्धिमा परिवर्तन गर्नुपर्छ : सांसद भट्टराई

काठमाडौँ । राष्ट्रियसभाको आज बसेको बैठकमा सांसदहरूले मुलुकको कृषि र पर्यटनलागतयका क्षेत्रमा लगानी बढाउने र आत्मनिर्भरतातर्फ केन्द्रित हुने गरी बजेट विनियोजन हुनुपर्नेमा जोड दिएका छन् । राष्ट्रियसभा उनीहरुले आव २०७९/८० को बजेट मुलुक आत्मनिर्भर बनाउनेतर्फ केन्द्रित गर्न सरकारलाई सुझाव दिएको छ ।

नेकपा एमालेका सांसद खिमलाल भट्टराईले सरकारसँग सही योजना भएको खण्डमा मात्रै प्रतिपक्ष दल राष्ट्रिय सहमति गर्न तयार रहेको बताए । उनले भने नागरिकतासम्बन्धी कानुन देशभरि समस्या छ, आमाको नामबाट नागरिकता दिने सवालमा समास्या छ, आजको राजनीतिलाई विकास र समृद्धिमा परिवर्तन गर्नुपर्छ, राजनीतिको कर्मको कारण बालेन्द्र शाहहरू स्थापित हुने अवस्था आएको छ ।

नेकपा एकीकृत समाजवाद पार्टीका सांसद डा वेदुराम भुसालले आवश्यकतानुसार आर्थिक, सामाजिक र सांस्कृतिक विकास र सामाजिक रुपान्तरणसँगै मुलुकको विकासतर्फ अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् ।

जनता समाजवादी पार्टी नेपालका सांसद प्रमिला कुमारीले राज्यका हरेक संरचनामा सीमान्तकृत समुदायको समान सहभागिता हुने गरी कानुन निर्माण गर्नुपर्नेमा जोड दिए । कम्तीमा ६० प्रतिशत बजेट स्थानीय तहमा खर्च हुने गरी बजेट विनियोजन गर्नुपर्ने डा भुसालको भनाइ रहेको छ ।

राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले मुलुकमा व्याप्त जातीय भेदभाव तथा छुवाछूत अन्त्य गर्दै संविधानको मर्मअनुरुप दलितमुखी कानुन निर्माण गर्नुपर्ने समेत बताएका छन् । आजको बैठकमा आव २०७९÷८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्तावबाहेक सभामा छलफल हुनेछ ।