ताप्लेजुङकमा बाख्रा चराउन गएकी किशोरी मृत फेला

काठमाडौँ । ताप्लेजुङकमा बाख्रा चराउन जङ्गल गएकी किशोरी आज मृत भेटिएकी छन् । मृत फेला परेकी किशोरी फुङलिङ नगरपालिका ३ सिम्लेकी १७ वर्षीया शर्मिला भट्टराई रहेकी छन् । उनी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

उनी भीरबाट लडेर मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान रहेको छ । आइतबार मध्यान्ह १२ बजेतिर बाख्रा लिएर गएकी उनी साँझसम्म नफर्किएपछि परिवारका सदस्य खोजीमा निस्किएका थिए । बाख्रा बाटोमा भेटेपछि सशङ्कित उनीहरुले खोजी गर्ने क्रममा मृत भेटिएको र प्रहरीलाई खबर गरेको स्थानीयवासीले बताएका छन् ।