मन्त्रिपरिषदको बैठकद्वारा आगामी वर्षको नीति तथा कार्यक्रम पारित

काठमाडौँ । मन्त्रीपरिषद् बैठकले सरकारको आगामी वर्ष ०७९ र ०८० को नीति तथा कार्यक्रम पारित गरेको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको जानकारी दिएका छन् । मन्त्री रेग्मीका अनुसार मङ्गलबार विहान बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेको नीति तथा कार्यक्रम आज अपराह्न ४ बजे बस्ने संसद बैठकमा पेश हुने बताएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेश गर्ने कार्यक्रम रहेको छ । संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते बजेट आउँने तयारी भएको छ ।