प्रश्नको उत्तर हुन्छ, आवेग र कुण्ठामा सहानुभूति मात्रै दिन सकिन्छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रश्नको जवाफ दिन सकिने तर आवेग, कुण्ठामा सहानुभूति मात्रै दिन सकिने बताएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्मा गरेको सम्बोधनका बारेमा टिप्पणी गर्दै थापाले भने, यतिबेला हामीले सुनिदिनुपर्छ । कुन स्थानमा कसरी जवाफ दिने हामी पछि गरौँला ।

प्रमुख प्रतिपक्षी दलका नेताले नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्ने क्रममा गलत विषयलाई उठाएको भन्दै सांसद थापाले प्रश्नको उत्तर हुने भए पनि आवेग कुण्ठाको कुनै उत्तर नहुने बताएका छन् ।

कांग्रेसका महामन्त्री थापाले भने प्रश्नको उत्तर हुन्छ, विचारमा टिप्पणी हुन्छ । रन्थिनिएका बेलामा उठेर सुतेर, बसेर जसरी बोले पनि हुन्छ । हामीले सुनिदिनुपर्छ ।

प्रमुख प्रतिपक्षी दलका नेताले रन्थनिएका बेला आफ्ना धारणा राख्नुभएको टिप्पणी थापाले गरे । उनले भने, कहाँ बोल्ने, कहिले बोल्ने भन्ने कुरा बोल्नेले हेक्का राख्नुपर्छ । उनले निर्वाचन हुँदैन भनिएको थियो, सानदाररुपमा सम्पन्न भएको उल्लेख गर्दै थापाले बाजुराको बूढीगङ्गामा स्थगित भएको निर्वाचनको पनि निर्वाचन आयोगले प्रक्रिया अगाडि बढाउने तयारी गरेको जानकारी समेत दिएका छन् ।