मिनी ट्रकको ठक्करबाट पैदलयात्रु गिरीको मृत्यु

काठमाडौँ । दाङको देउखुरीमा मिनी ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका–४ स्थित खिनैटा निवासी करिब ५२ वर्षीय बल्लु गिरी रहेका छन् ।

गाउँपालिका–४ श्रीनारायण चोकमा पूर्वबाट पश्चिमतर्फ आइरहेको लुअअजे ७००३ नम्बरको मिनी ट्रकको ठक्करबाट गिरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक सुजनविक्रम शाहले जानकारी दिएका छन् ।

शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताएका छन् ।