सुडानमा संकटकाल अन्त्यका लागि संयुक्त राष्ट्रसंघको आग्रह

काठमाडौँ । सुडानका लागि संयुक्त राष्ट्रसंघीय मिसनका प्रमुखले सुडानमा संकटकालको अन्त्यका लागि आग्रह गरेको छ । उनले सुडानमा हाल जारी रहेको संकटकालको अन्त्य गरेर यहाँको समस्या समाधानका लागि राजनीतिक निकास खोज्नुपर्ने बताएका छन् ।

सुडानका लागि संयुक्त राष्ट्रसंघीय मिसनका प्रमुख भोल्कर पेर्थस्ले यहाँ राजनीतिक संकट एकपछि अर्को गरी संकटमा परेको बताएको छ । उनले भने सुडानमा पछिल्ला केही दिनहरुमा एकपछि अर्को गरेर राजनीतिक हिंसा भएको छ र यसबाट यहाँका नागरिकहरुमा असुरक्षा बढेको छ, त्यसैले सुडानका सबै पक्षले अहिलेको हिंसालाई अघि बढाएर होइन कि शान्तिपूर्ण रुपमा राजनीतिक निकास खोज्नुपर्ने बताएको छ ।

सुडानमा आइतबार मात्र पनि सरकारका विरुद्धमा आन्दोलन भएको र त्यसमा गोली लागेर केही युवाको ज्यान गएको थियो । सो घटनाप्रति पनि उनले दुःख व्यक्त गरेका छन् । उनले आइतबार एक विज्ञप्ति प्रकाशन गरेरी भनेका छन् यो हिंसालाई बढावा दिने समय होइन, बरु शान्तिपूर्ण माध्यमबाट समस्याको निकास दिने समय हो ।