ब्राजिलमा भीषण वर्षा, मृत्यु हुनेको सङ्ख्या ५६

काठमाडौँ । ब्राजिलको उत्तरपूर्वी राज्य पर्नाम्बुकोमा भारी वर्षाका कारण आएको बाढी र पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ५६ जान पुगेको छ ।

व्यापक वर्षाका कारण आएको बाढी र पहिरोमा परी ५६ जनाको मृत्यु भएको र अझै बेपत्ता भएका सङ्ख्या ५६ जना रहेको आइतबार स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

उत्तरपूर्वी पर्नाम्बुको राज्यको राजधानी रेसिफ शहर सबैभन्दा बढी प्रभावित भएको छ । उक्त सहरमा मात्र ३० भन्दा बढी मानिसको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । बाढी र पहिरोबाट प्रभावित व्यक्तिको उद्धारमा करिब चार हजार उद्धारकर्मी खटाइएको छ ।

ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारोले स्थितिको मूल्याङ्कन गर्न सोमबार रेसिफ को भ्रमण गर्ने उनले ट्वीटरमार्फत् प्रेषित एक सन्देशमा जानकारी गराएको छ ।