मौसम सफा नभई उडान अनुमति नदिने प्राधिकरणको निर्णय

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले मौसम सफा नभई आन्तरिक उडानका लागि अनुमति नदिने भएको छ । तारा एअरको विमान दुर्घटना भएसँगै हवाई दुर्घटनाको जोखिम न्यूनीकरणका लागि प्राधिकरणले इन रुट अर्थात् विमान उड्ने र पुग्ने स्थान उडान मार्गको मौसम अनुकूल नभएसम्म उडान अनुमति नदिने निर्णय गरेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक एवं प्रवक्ता देवचन्द्रलाल कर्णले इनरुटको मौसम सफा नभएको अवस्थामा उडानको अनुमति नदिने निर्णय गरिएको जानकारी दिएका छन् । उनका अनुसार यस्तो निर्णय भिएफआर भिजुअल फ्लाइट रुल्सबाट उडान गर्ने विमान र विमानस्थलका लागि मात्रै लागू हुने बताएका छन् ।

मौसम खराबीले तारा एयरको ट्वीनअटर विमान दुर्घटनामा परेको प्राधिकरणले प्रारम्भिक निष्कर्ष निकालेको थियो ।