बिनाबिलको १ सय ९७ तोला चाँदीसहित एक जना पक्राउ

काठमाडौँ । एक सय ९७ तोला २८ लाल चाँदीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा राप्ती नगरपालिका ११ स्थायी घर भई गैँडाकोट नगरपालिका ५ बस्ने २४ वर्षीय कुमार विक रहेका छन् ।

कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार उनलाई भरतपुर महानगरपालिका ११ स्थित भोजाड पदमपुर सडकखण्डबाट पक्राउ गरिएको हो । उनलाई २ लाख २८ हजार १ सय ९७ बराबरको बिनाबिलको चाँदीका गरगहनासहित नियन्त्रणमा लिइएको हो ।

विकको साथबाट प्रदेश०३,००२प ७०६६ नंको पल्सर मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको सुचना अधिकारीले जानकारी दिएको छ । पक्राउ परेका उनलाई बुधबार आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाएको प्रहरीले जाकारी दिएको छ ।