पेट्रोल, डिजेल र मट्टितेलको मूल्य १० रुपैयाँले घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १० रुपयाँले घटाएको हो । मूल्य घटेसँगै पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु १ सय ७०, डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ५३ रुपयाँमा कारोबार भएको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिबाट जनजीवन प्रभावित भए पछि सरकारले तत्कालका लागि पूर्वाधार कर बराबरको रकम पेट्रोलियम पदार्थको खुद्रा मूल्यमा समायोजन गर्न निगमलाई निर्देशन दिएको थियो ।

हाल एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १ हजार ८ सय, हवाई इन्धन आन्तरिकको प्रतिलिटर १ सय ६६ र हवाई इन्धन अन्तर्राष्ट्रियको मूल्य प्रतिलिटर १ रुपैयाँ ५४ पैसा अमेरिकी डलर रहेको छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रियको मूल्य भने यथावत राखिएको आयाल निगमले जानकारी गराएको छ ।