तनहुँमा १ करोड लगानीमा बाख्रापालन

काठमाडौँ । तनहुँमा पछिल्लो समय किसानहरु बाख्रपालनमा लगानी गर्न थालेका छन् । गङ्गादेवी बाख्रा फार्म सञ्चालक देवीप्रसाद र गङ्गादेवी अधिकारीले बाख्रापालनबाट राम्रो कमाइ गर्दै आएका छन् । डेढ लाख लगानी गरेर ८ वटा बाख्राबाट व्यवसाय सुरु गरेका अधिकारी दम्पतिले अहिले १ करोड बरबबरको लगानी गरिसकेका छन् ।

व्यास नगरपालिका ४ स्थित चरेखोल्सीमा करिब ३६ रोपनी क्षेत्रफलमा विभिन्न प्रजातिका घाँस लगाएर व्यवस्थित तरिकाले बाख्रापालन गरेका हुन् । हालसम्म बैंकको ऋण, अनुदान र आफ्नो लगानीसमेत गरी करिब १ करोड लगानी भएको फार्म सञ्चालक गङ्गादेवीले बताए ।

उनको फामैमा करिब १ सयको हाराहारीमा बाख्रा छन् । अष्टे«लियाबाट ३ लाख मूल्यमा १ बोका खरिद गरेर ल्याएको फार्म सञ्चालक देवीप्रसादले बताए । नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग एकाइ पोखराको २० लाख ५० हजार अनुदान दिने भएकाले हालै मात्र सम्झौता गरिएको उनले जानकारी दिएका छन् ।