सुनको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । आज छापावाल सुनको मूल्य प्रतितोलामा ९८ हजार १ सयमा तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९७ हजार ९ सयमा कारोबार भएको पहेँलो धातु आज प्रतितोला २ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ६ सयमा कारोबार भएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोलामा र ९७ हजार ४ सय कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो दिनको कारोबार मूल्यका तुलनामा प्रतितोला १५ ले बढेर १ हजार २ सय ९० रुपयाँ तोकिएको महासङ्घले जनाकारी गराएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक १ ८ सय ५४ डलरक आसपास कारोबार भइरहेको छ ।