सांसदद्धारा हत्या, हिंसा र बलात्कारका घटनामा सरकारको ध्यानाकर्षण

काठमाडौँ । सांसदहरुले हत्याहिंसा बलात्कारका घटना बढिरहेकाले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बैठकमा खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै सांसदहरुले दैनिक हत्या, हिंसा र बलात्कारका घटना नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद दुर्गा पौडेलले विनियोजन विधेयक–२०७९ अन्तर्गतको परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ र गृह मन्त्रालयको शीर्षकको खर्च रकममा उल्लेखित रकम घटाइयोस् भन्ने खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै अहिले पनि हत्या लुट बढ्दै गइरहेको भन्दै त्यसलाई रोक्न सरकार असफल भएको बताउ ।

उनले हत्या, हिंसा र बलात्कारका घटनामा सरकारले गम्भीर ढङ्गले अनुसन्धान नगरेको आरोप लगाएको छ । हत्या हिंसा र बलात्कारका घटनामा अनुसन्धान फितलो भएको छ, छिटोछरितो पीडितले न्याय पाउने खालको अनुसन्धान भएको छैन । उने भने कालोबजारी, घुसघोरी गुण्डागर्दी रोक्न गृह मन्त्रालयल असफल भएको उनको आरोप थियो ।

सांसद खगराज अधिकारीले मुुलुकमा शान्तिसुरक्षा कायम गर्न नसकेको बताउर्दै हत्या, हिंसा घटना दिनहुँ भइरहेका छन्, विभिन्न ठाउँमा शान्तिसुरक्षा अवस्थाको अवस्था फितलो रहेको छ । उनले भने नेपाल–भारत सीमासुरक्षामा खटिने सुरक्षाकर्मीलाई सवारीसाधन उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन् । ।

त्यसैगरी सांसद प्रेम सुवालले भारतले नेपालको सिमाना अतिक्रमण गर्दा सरकारले केही गर्न नसकेको आरोप लगाएको छ । उनले नेपाली भूमि डुब्नेगरी भारतले बनाइएका बाँध भत्काउनुपर्नेमा जोड दिए । नेपाल–भारतमा खुला सिमाना पर्याप्त सीमा चौकी राख्न माग समेत गरेका छन् ।