मेयर बालेन भन्छन्, ‘नेपाल र चीनका नागरिक वीच बैवाहिक सम्वन्ध पनि हुनु पर्दछ

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ ले नेपाली र चीनियाँ वीच वैवाहिक सम्वन्ध हुनु पर्ने बताएका छन् । नेपाल र भारतवीच रोटीेबेटीको सम्वन्ध भने झै चीनसँग पनि त्यस्तै खालको सम्वन्ध हुनु पर्ने बताएका हुन् । काठमाडौं महानगरपालिकाका प्रमुखका प्रमुख बालेन्द्र शाह र नेपाल ओभरसिज चाइनिज एशोसियनका अध्यक्ष जीन स्याओेदोङ्गको नेतृत्वमा आएको प्रतिनिधिसँगका छलफलमा सो कुरा बताएका हुन् ।

चीनियाँ प्रतिनिधिहरुसँगको भेटका क्रममा मेयर शाहले नेपाल र चीनको सम्वन्धमा २ हजार वर्ष पुरानो रहेको र त्यसबेला पनि चीन र नेपालका नागरिक वीच बैवाहिक सम्वन्ध स्थापना रहेको इतिहास छ । अव चीन र नेपालको सहकार्य बिकासका लागि मात्र नभएर वैवाहिक सम्वन्धमालाई पनि जोड्नु पर्ने बताएका हुन् । उनले विगतको त्यस्ता इतिहासलाई पुर्नजिवीन बनाउन नेपाल र चीन वीच सांस्कृतिक एवं शैक्षिक आदान प्रदान गनु पर्ने बताए ।

भेटका अवसरमा नेपाल ओभरसिज चाइनिज एशोसियनकाका अध्यक्ष जीन स्याओेदोङ्गले पिउने पानी, फोहोर व्यवस्थापन एवं ट्राफिक समस्या समाधानका लागि सहकार्य गर्न सकिने बताएका थिए ।
भेटघाट कार्यक्रममा चीन मामिला विज्ञ दिनेश खनालले चीन र नेपालको सम्वन्धलाई प्रगाढ बनाउन भगिनी सम्वन्ध कायम गर्ने एवं फोहोर व्यवस्थापनका लागि सहकार्य गर्ने विषयलाई प्रमुख प्राथमिकतामा राखे सहकार्य गर्न खोजेको प्रमुख शाहलाई जानकारी गराएका थिए ।