खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एकजानको मृत्यु

काठमाडौँ । बाग्लुङमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जानको मृत्यु भएको छ । मृत्यु हुनेमा बडिगाड गाउँपालिका २ का छबिलाल बलामी रहेका छन् । स्थानीय बडिगाड खोलामा गए राति करेन्ट लगाएर माछा मार्न खोज्दा ३२ वर्षीय बलामीको मृत्यु भएको बडिगाड–२ का वडाध्यक्ष ढालप्रसाद शेरचनले जानकारी दिएका छन् ।

बलामीको शवलाई अहिले परीक्षणका लागि बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पु¥याइएको वडाध्यक्ष शेरचनले जानकारी गराएको छ ।

विद्युतीय शक्ति करेन्ट लगाएर माछा मार्न नपाइने भए पनि बेलाबेलामा यस्ता गतिविधि हुने गरेका छन् । यसरी माछा मार्ने क्रममा करेन्ट लागेर धेरैले ज्यान गुमाइ सकेका छन् ।