गुल्मीमा नाबालिकालाई यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

काठमाडौँ । गुल्मीमा कक्षा तीनमा अध्ययन गर्ने छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुरुक्षेत्र गाउँपालिका वडा नम्वर ३ को प्रतिभा आधारभुत माध्यमिक बिद्यालयमा अध्यापन गराउने शिक्षक रामहरी ज्ञवाली रहेका छन् ।

ज्ञवालीले कक्षा तीनमा अध्यनरत् नावालिकालाई यौन दुर्व्यवहार गरेको आरेपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिइएको छ । आरोपी शिक्षकले जेठ १७ गते दिउँसो स्कुल समयमा अस्वभाविक यौनजन्य कार्य गरेको भनी परिवारले दिएको उजुरीका आधारमा बिहीबार पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक माधव खरेलले जानकारी दिए ।

आरोपी शिक्षकलाई बालयौन दुर्व्यवहार सम्बन्धी कसुरमा मुद्धा दर्ता गर्ने तयारी गरेको गुल्मी प्रहरीले जानकारी दिइएको छ । घटनाको बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले बताएका छन् ।