पृथ्वीराजमार्गको डुम्रे याम्पा खण्ड अवरुद्ध

काठमाडौँ । लगतार आएको वर्षासंगै आज पहिरो खसेपछि पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा राजमार्ग अवरुद्ध भएको छ ।

मध्यान्ह १२ बजेतिर पहिरा खसेपछि डुम्रे–याम्पा सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि सवारीसाधन रोकिएका छन् । पहिरा हटाएर राजमार्ग सुचारु गराउने तयारी भइरहेको प्रहरीले जानकारी दिइएको छ ।