प्रतितोला चारसयले बढ्यो सुनको मूल्य

काठमाडौँ । आजा सुनचाँदी बजारमा छापावाल सुनको मूल्य तोलामा चार सयले बढेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ४ सयले बढेर ९४ हजार पुगेको छ । पहेंलो धातु आइतबार प्रतितोला ९३ हजार ६ सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सयमा कारोबार भएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९३ हजार १ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला ५ ले बढेर १ हजार १ सय ६५ मा तोकिएको महासङ्घले जानकारी गराएको छ ।