भीरकोटमा दाजुको कुटाईबाट भाईको मृत्यु

काठमाडौँ । गए राती स्याङ्जाको भीरकोट नगरपालिका वडा नम्वर ३ रिजुका ४५ बर्षीय श्यामबहादुर रोकाको ज्यान गएको हो ।

खाना खाने क्रममा सामान्य बिबाद हुँदा हानहान गरी दाजु पर्ने ५० बर्षीय यामबहादुर रोकाको कुटाईबाट श्यामको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रबिन्द्र खनालले जानकारी दिइएका छन् ।

घाईते श्याम बहादुरको उपचारका क्रममा कालिका सामुदायिक अस्पतालमा उपचारका क्रममा राती नै ज्यान गएको प्रहरीले जाकारी दिइएको छ । आरोपित याम बहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको र थप अनुसन्धान भईरहेको बताईएको छ ।