लागूपदार्थ गाँजासहित दुई युवा पक्राउ

काठमाडौँ । रुपन्देही जिल्लाको सैनामैना नगरपालिकाका विभिन्न स्थानबाट एक केजी पाँचसय ग्राम गाँजासहित दुई युवा पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सैनामैना नगरपालिका वडा नं. १० झिमपुर बस्ने वर्ष २७ का रोशन थारु र सोही नगरपालिकाका वडा नं. ५ बालापुर बस्ने वर्ष २७ को कमल कुमाल रहेका छन् ।

प्रहरी निरीक्षक जगन्नाथ मरासिनीका अनुसार मङ्गलबार उनीहरुले आफ्नै घरमा लुकाई राखेको करिव एक केजी पाँचसय ग्राम सुकेको गाँजासहित पक्राउ गरिएको हो ।

रोशन थारुको घरबाट एक केजी ३ सय ५० ग्राम र कमल कुमालको घरबाट २ सय १० ग्राम गाँजा बरामद गरिएको प्रहरीले बताए । उनीहरुले घरमै लागूपदार्थ गाँजा राखेर उनीहरुले विक्रीवितरण गर्दै आएको प्रहरीको भनाइ छ ।