कोरोना बढ्दै आज ८ सय ९५ जनामा पुष्टि


काठमाडौँ । देशभर आज ८ सय ९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

३ हजार ६ सय ८५ नमूनाको पिसिआर परीक्षण गर्दा ६ सय ३२ र २ हजार २ सय २४ नमूनाको एन्टीजेन परीक्षण गर्दा २ सय ६३ जनामा संक्रमण पुष्टि भएको हो ।

आज संक्रमित २ सय ६४ जना निको भएका छन् भने संक्रमित एकको मृत्यु भएको छ ।

यस्तै आज ३३ हजार १ सय ७६ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ ।