पोखरामा एक महिला सामुहिक बलात्कृत

काठमाडौँ । पोखरा ७ शान्तिनगरबाट कारमा लिफ्ट दिएर एक महिलालाई सामुहिक बलात्कार गरेका छन् । भदौ १४ गते मिर्मिरे विहान कारमा लिफ्ट दिएर महिलाको डेरा बगर सम्म पुर्‍याइदिने भन्दै उनीहरुले कास्कीको माछापुच्छे गाउँपालिका लगेर बलात्कार गरेको भन्दै महिलाले कास्की प्रहरीमा जबर्जस्ती करणीमा उजुरी दिएकी छन् ।

माछापुच्छे गाउँपालिका वडा नम्बर ३ मा रहेको एक बंगुर फर्ममा लगी कर्मचारी बस्ने कोठामा ९ जनाले नै पटक पटक बलात्कार गरेको कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले बताएका छन् । पीडित महिलाले १५ गते बेलुकै प्रहरीमा उजुरी दिएको डिएपी तिवारीले बताए ।

बलत्कारको आरोपमा ८ जनालाई पक्राउ गरेको छ । १ जना अझै फरार रहेको छ । पक्राउ परेकालाई जिल्ला अदालत कास्कीबाट पहिलो पटक ७ दिन र दोस्रो पटक ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहको प्रहरी प्रवक्ता डिएसपी तिवारीले बताए । थप एक जनाको पनि खोजी भइरहेको छ ।