हासकाह प्रान्तमा आइएसको आक्रमणबाट ६ को मृत्यु

काठमाडौँ । सिरियाको हासकाह प्रान्तमा आइएसको आक्रमणमा परी कम्तीमा पनि छ जनाको ज्यान गएको छ । आइतबार सडकमा सवारी साधनमा रहेका नागरिकमाथि हमला गरेका हुन् ।

आइएसका आतङ्ककारीहरुले सडकमा रहेका नागरिकलाई एम्बुसमा पारेर हत्या गरेका हुन् । मारिएका व्यक्ति को हुन् भन्ने बारेमा भने आझै खुलेको छैन । पछिल्लो समयमा आइएस आतङ्ककारीहरुले सडकमै एम्बुस थापेर व्यक्ति हत्या गर्ने गरेका छन् ।

यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार आइएसहरुले सन् २०२२ शुरुबाट हालसम्म १ सय ३० वटा एम्बुस आक्रमण गरेका थिए । ती आक्रमणहरुमा परेर एक सय भन्दा बढी सर्वसाधारण मारिएका छन् ।