घिसिङ माथि धारिलो हतियार खुकुरी प्रहार

काठमाडौँ । हेटौंडा उपमहानगरपालिका १२ सिक्रेनी बस्ने २६ वर्षीय बिरन घिसिङ धारिलो हतियार खुकुरी प्रहारबाट गम्भीर घाइते भएका छन् । सिुङलाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा ३८ वर्षीय जोनसागर ब्लोनलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

जोनसागरले पुरानो रिसइविको कारण घर नजिकैको चौतारामा बिरनलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी पदमपोखरीबाट खटिएको प्रहरीले जोनसागरलाई घटनामा प्रयोग गरेको खुकुरी सहित पक्राउ गरेको हो ।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएका बिरनलाई हेटौंडा अस्पताल हुँदै थप उपचारको लागि बिएण्डबि अस्पताल ललितपुर रिफर गरिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।