घुस लिएको आरोपमा आन्तरिक राजस्वका कम्प्युटर अधिकृतविरुद्ध आरोपपत्र

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व कार्यालय महाराजगञ्जका कम्प्युटर अधिकृतले ३० हजार घुस लिएको आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गराएको छ ।

कम्प्युटर अधिकृत बिन्दु श्रेष्ठ प्रधानले कम्प्युटर बिलिङ स्वीकृत गर्ने क्रममा सेवाग्राहीसँग तीस हजार घुस माग गरेको थियो । प्रधानले घुस माग गरेको भन्ने सूचना एवम् उजुरीका आधारमा अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले प्रधानलाई गत साउन १८ गते नियन्त्रणमा लिएको थियो ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले अनुसन्धानको क्रममा प्रधानले कम्प्युटर बिलिङ स्वीकृत गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग ३ हजार लिएको पुष्टि भएको बताए ।

प्रवक्ता भण्डारीका अनुसार प्रधानविरुद्ध ३० हजार बिगो कायम गरी जरिवाना र कैद सजाय मागदाबीसहित सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।