नेप्से परिसूचकमा १३.५४ अङ्कको गिरावट

काठमाडौँ । शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३.५४ अङ्कले ओरालो लागेर १ हजार ९ सय १२.७४ मा सीमित भएको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक २.३९ अङ्कले ओरालो लागेर ३ सय ७२.३४ अङ्कमा सीमित भएको छ । कूल २ सय २५ कम्पनीका २६ लाख १३ हजार ५ सय ४० कित्ता शेयर रु ८३ करोड १६ लाख ३ हजार ६ सय ५१ बराबरको कारोबार भएको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सामूहिक लगानी कोषको मात्रै शेयर मूल्यमा सामान्य वृद्धि भएको छ । सो उपसमूह ०.०२ अङ्कले उकालो लागेको छ । बैंकिङ ५.१७, व्यापार ७.५१, होटल तथा पर्यटन ६.६३, विकास बैंक १४.२८, जलविद्युत् ३०.६६, वित्त १७.४८, निर्जीवन बीमा ४६. ८८, उत्पादन २३.८१, लघुवित्त ३०.२६, जीवन बीमा ५२.५५ र लगानी ०.४१ अङ्कले ओरालो लागेको छ ।

नेप्सेका अनुसार सोमबारको कारोबारपछि बजार पुँजीकरण रु २७ खर्ब ४३ अर्ब ६२ करोड १५ लाख ९२ हजार ४सय २४ बराबर भएको छ । नेप्सेका अनुसार कारोबारका आधारमा नबिल बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु चार करोड सात लाख ५४ हजार सात सय ६३ बराबरको कारोबार गरेको छ । नेपाल पुनरबीमा कम्पनी २ करोड ५ लाख ७५ हजार २ सय ८३ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएको छ ।

नेप्सेका अनुसार युनाइटेड इदी मर्दी हाइड्रोपावर ४.१७, सनराइज बैंकको ऋणपत्र दुई, बोटलर्स नेपाल तराई नेपाल १.९८, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम दोस्रो १.९८ र आर्दश लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले १.९८ प्रतिशतले कमाएका छन् ।

त्यस्तै नेपाल इन्भेस्टमेन्ट बैंकको ऋणपत्र ९.५८, सामुदायिक लघुवित्त ५.८७, अप्पर हेवाखोला हाइड्रोपावर ४.१५, दोर्दी खोला जलविद्युत् कम्पनी ४.१४ र माउण्टेन इनर्जी नेपालका लगानीकर्ताले ३.७५ प्रतिशतले गुमाएका छन् ।