रुमखोला लघुजलविद्युत् परियोजना पुन:सञ्चालनमा

काठमाडौँ । म्याग्दीको मालिका गाउँपालिकामा रहेको ५१ किलोवाट क्षमताको रुमखोला जलविद्युत् परियोजना करिब डेढ महिनापछि सञ्चालन भएको छ ।

मालिका गाउँपालिका–१ मा रहेको परियोजनाको नहर भासिएपछि गत साउन १७ गतेदेखि विद्युत् उत्पादन बन्द भएको थियो । परियोजनाका प्रबन्धक भीमविक्रम मल्लले मालिका गाउँपालिकाको सहयोग र उपभोक्ताको श्रमदानमा नहर भासिएको ठाउँमा पाइप राखेर मर्मत गरिएको बताए ।

“गाउँपालिकाले ३ सय १५ एमएम क्षमताको १ सय ३८ मिटर पाइप उपलब्ध गराएको थियो”, उनले भने, परियोजनासँग रहेको १२ मिटर पाइपलाई दुईलाइनमा जोडेर ७५ मिटर दूरीमा पानी तारिएपछि मङ्गलबारदेखि विद्युत् उत्पादन थालिएको छ ।

विसं २०६६ देखि नियमित विद्युत् उत्पादन गर्दै आएको परियोजनाबाट मालिका गाउँपालिकाको दरवाङ, थापाचौर, बतासे, फूलबारी, गरजरा, महभिर, अदिभारा, डाडागाउँ, औल, कोदालिवाङ र खहरेका ८ सय ५५ घरधुरी विद्युत् उपभोक्ता छन् । मालिका गाउँपालिकाको करिब ४ लाख अनुदान सहयोगमा गत असार अन्तिम साता परियोजनाको मुहान मर्मत गरिएको थियो ।

पजमिन भासिएपछि नहर पुलजस्तै बनेर जुनसुकै बेला भत्किएर थप क्षतिको जोखिम भएकाले त्यसलाई भत्काएर पाइप राखिएको हो । रियोजना बन्द हुँदा उज्यालोका लागि टुकी, सोलारमा भर पर्नुपरेको थियो । घरायसी कामकाज र विद्यार्थीलाई पठनपाठन गर्न समस्या भएको थियो ।