फूल बिक्री नभए पछि फोटो तथा भिडियो बनाउनका लागि पार्क निर्माण

काठमाडौं । दाङको घोराही उपमहानगरपालिका–१५ भरतपुरमा कृषि फर्मभरि सयपत्री फूलले ढकमक्क ढाके पनि बिक्री नहुँदा १ सय ८ कृषि फर्मका सञ्चालकले फर्मभित्रै फूलैफूलका मालाहरुले सजाएर फोटो तथा भिडियो बनाउनका लागि पार्क निर्माण गरेका छन् ।

उत्पादन भएको सयपत्री फूल बिक्री नभएका कारण व्यवसायीहरुले आम्दानीका लागि वैकल्पिक उपाय अपनाएका हुन्। पछिल्लो समय फर्ममा फोटो र भिडियो खिच्ने मानिसहरुको भीड बढ्न थालेपछि थोरै भए पनि आम्दानी गर्न थालेको व्यवसायीहरुले बताए ।


तिहारलाई रोपिएका सयपत्रीका बिरुवाहरु दशैंको समयमा परेका वर्षाका कारण ढिलो फुलेपछि फूल बिक्री गर्न समस्या भएको व्यवसायीहरुले गुनासो गदै अहिले वैकल्पिक उपाय अपनाएर आम्दानी लिन थालेको बताए ।

कृषि फर्मका सञ्चालक भाष्कर पंगेनीका अनुसार फूलहरु बिक्री नहुने र कोल्ड स्टोरमा राख्दा खर्च बढी हुने भएपछि कृषि फर्ममै फोटोदेखि भिडियो खिच्नका लागि फूलैफूलका मालाले सजाएर आकर्षक टिकटक स्पट र पार्क बनाएपछि घोराही बजारमा विद्यार्थी र युवायुवतीहरु फोटो तथा भिडियो बनाउनका लागि आउने गरेको बताएका छन् ।

फूलैफूलले सजिएको पार्क अवलोकनसँगै फोटो तथा भिडियो खिच्नका लागि आकर्षक देखिने हुँदा मानिसहरुको चलहपहल बढेको सञ्चालकले बताए। माग भए अनुसार जिल्लासँगै बाहिर पनि पठाउने काम गरिरहेको र बिक्री नभएका फूललाई सजाएर आकर्षक पार्क बनाएपछि पछिल्लो समय केही भए पनि आम्दानीको बाटो बनेको थियो ।‘‘वैकल्पिक व्यवस्था गरेर भए पनि लगानी उठाउने प्रयास गरिरहेका छौं ।

पंगेनीले थोरै भए पनि आम्दानी भइरहेको छ, अझै चाडपर्व भएको भए राम्रो आम्दानी हुने थियो तर अहिले हुन सकेको छैन । डेढ बिघा जग्गा भाडामा लिएर फूलखेती गर्दै आएका व्यवसायी रोकाले मङ्सिर लागेसँगै विवाहलगायत अन्य औपचारिक कार्यक्रमहरु बढ्ने भएकाले फूलको खपत बढ्ने अपेक्षा राखेको बताए ।