कास्कीमा विद्या भट्टराईको दोस्रो जित

काठमाडौं । नेकपा एमालेका विद्या भट्टराई दोस्रोपटक कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छिन्।

भट्टराईका श्रीमान् तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि पार्टीले उनलाई उपनिर्वाचनमा उम्मेदवार बनाएको थियो ।

त्रिभुवन विश्वविद्यालयको उप–प्राध्यापकबाट राजीनामा दिएर शोकलाई शक्तिमा बदल्ने अठोटका साथ चुनावमा होमिएकी भट्टराईं सो उपनिर्वाचनमा पनि विजयी भएकी थिइन ।

उनी आफ्ना निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलको भन्दा ४ हजार ५ सय बढी मतान्तरले विजयी भएकी हुन्।

किशोरावस्थाबाटै आफूलाई परिवर्तनको पक्षमा उभ्याउन सफल उनले स्वर्गीय रवीन्द्र अधिकारीका अधुरा सपना पूरा गर्ने अठोटमा गरेको बताएकी थिइन ।